नौमुलेमा बोलेरो जीप दुर्घटना : यात्रु सकुशल
मातृभूमी संवाददाता । २० असार दैलेख
दैलेखकाे नौमुले गाउँपालिका १ खजुरीमा बोलेरो जीप दुर्घटना भएको छ । ग ३ च ७६४ नम्बरको बोलेरो सडकबाट करिब १०० मीटर तल खोल्सामा खसेर क्षतिग्रस्त भएको हाे । यात्रुहरु सकुशल रहेका छन् ।
बाघखोर डाँडा कटे लगतै खजुरीको ओरालोमा पुग्दा ब्रेक फेल भएपछि हतारहतार यात्रुहरुलाई ढोका खोल्न लगाई आफू समेत सडकमै ओर्लिसकेपछि गाडी खोल्सामा खसेको स्थानीय कमल मगर बताए ।
नौमूले गाउँपालिका २ बालुवाटारका चालक २१ वर्षीय पूर्णबहादुर तारामीले गाडी चलाएका थिए । गाडीमा एक बालक सहित तीन जना यात्रु थिए । यात्रु संख्या कम भएकोले पनि छिटो छरितो यात्रु झर्न सक भएको स्वयम् यात्रुहरुले बताएका छन् ।
इलाका प्रहरी कार्यालय नौमूूलेका इञ्चार्ज प्रहरी निरीक्षक देवीरा भण्डारीको टोलीले घटना स्थल पुगी घटनाको अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेश बहादुर बरालले बताए ।