वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मातृभूमी संवाददाता । २० असार दैलेख
दैलेखमा वैदेशिक रोजगार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘स्वदेशमा नै रोजगारी गरौ, बैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सीप सिकेर मात्र जाऔ’ भन्ने नारा सहित कार्यक्रम सम्पन्न भएकाे हाे । नारायण नगरपालिका रोजगार शाखा दैलेखको आयोजनामा  कार्यक्रम भएको थियाे ।
नेपालमा बैदेशिक रोजगारीमा जानेको संख्या दैनिक बढ्दै गएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा कर्णाली प्रदेशबाट श्रम स्वीकृति लिएको जिल्ला मध्ये सबै भन्दा बढि सल्यानबाट ७ हजार ५३ जनाले श्रम स्वीकृृति लिएको तथ्यांकमा देखिएको छ भने दैलेख बाट वैदेशिक रोजगारीमा जानेको संख्या ३ हजार २ सय ३० जना छन् ।

यस्तै सुर्खेतबाट ५ हजार ३ सय ९४ जना, रुकुम पश्चिममा २ हजार ६ सय ४१ जना, जाजरकोटमा २ हजार ३ सय ९६ जना, जुम्लाबाट ९ सय ५६ जना, कालिकोटबाट ८ सय ९५ जना, हुम्लाबाट ५ सय ६१ जना, मुगुबाट ५ सय ३७ जना र डोल्पाबाट ५ सय १२ जना रहेको बैदेशिक रोजगार विभागको तथ्यांकमा देखिएको छ ।
नेपालमा वैदेशिक रोजगारीका चुनौतीहरु दिनानु दिन बढ्दै गइरहेको छ । कार्यक्रमको सहजिकरण दैलेखका प्रमुख जिल्ला अधिकारी बद्धिनाथ गैह्रैले गरेका थिए । उनले वैदेशिक रोजगारीमा दक्ष बनेर चाहेको मुलुकमा कानूनी प्रक्रिया पूरा गरेर गएमा कसैलाई झन्झट नहुने बताए ।
यस्तै नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले कार्यक्रममा वैदेशिक रोजगारी सम्वन्धी थाहा पाउनुपर्ने कुरा, सहयोगी संस्थाबारे जानकारी लिई मात्रै वैदेशिक रोजगारीमा जान आग्रह गरे ।


जिल्ला प्रहरी कार्यलय दैलेखका प्रमुख गणेश बहादुर बरालले बैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नगएर कामदार भिसामा गएको खण्डमा सम्झौता अनुुुसार पठाउने र जाने हुन्छ, जसका कारण ठगिने, दुःख पाउने अवस्था नआउने बताए । नारायण नगरपालिकाको रोजगार शाखामा कार्यरत प्रेम भुर्तेलले समुदाय तहमा बैदेशिक रोजगारको असर, निति नियम र न्युनतम जानकारी दिने कार्यक्रम आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *