फलफूल बिरुवा निःशुल्क वितरण
मातृभूमी संवाददाता । २१ असार दैलेख
कृषि विकास कार्यालय दैलेखकाे ७० प्रतिसत अनुदानमा किसानलाई निःशुल्क फलफूल र बहुउपयोगी बिरुवा वितरण गर्न थालेको छ । कार्यालयले जिल्लाका किसानहरुलाई फलफूलमा आत्मनिर्भर बनाउनका लागि ७० प्रतिसत अनुदानमा बिरुवा वितरण गरिरहेको हो । किसानको मागका आधारमा जिल्ला बाहिरबाट ल्याइएका विभिन्न प्रजातिका १७ हजार ८ सय भन्दा वढि बहुउपयोगी विरुवा वितरण गरिरहेको हो ।
निःशुल्क वितरण गरिएका बिरुवामा विजु जातका सुन्तला, कागती, मौसमि, दशहरी आँप, अम्रीपाल आँप र लिची लगायत फलफूलका विरुवा वितरण गरेको कृषि विकास कार्यालय दैलेखका बागवानी शाखा प्रमुख कृषि साहयक प्राविधिक गणेश बहादुर शाहीले जानकारी दिए ।
कृषि विकास कार्यालयले दैलेखका ११ वटै स्थानीय तहमा १७ हजार ८ सय भन्दा वढि फलफूलका विरुवा वितरण गर्ने लक्ष्य राखेको कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिए ।
यसैगरी नारायण नगरपालिका कृषि शाखाले पनि विभिन्न प्रजातिका फलफूलका बिरुवा वितरण गरेको कृषि शाखाका खेमराज शर्माले जानकारी दिए । पालिकाभरीका किसानलाई फलफुलका विरुवा वितरण गरेको शर्माले वताए ।