हुम्लाबाट काठमाण्डौका लागि उडेको हेलिकप्टर दैलेखमा अवतरण

जित बहादुर थापा (रोशन) । २१ असार दैलेख
हुम्लाबाट बिरामी बोकेर काठमाण्डौका लागि उडेको हेलिकप्टर मौसम प्रतिकूलताका कारण दैलेखको तल्लो डुङ्गेश्वरमा अवतरण भएको छ ।
प्रभु हेलिकप्टर नाइन–एन–ए–एन–एल कल साइनको हेलिकप्टर दैलेखको गुराँस गाउँपालिका २ तल्लो डुङ्गेश्वरमा अवतरण भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लाल बहादुर सुनारले जानकारी दिए ।
हुम्लाको हिल्साबाट काठमाण्डौका लागि उडेको हेलिकप्टर बाक्लो कुहिरोले अगाडिको बाटो देख्न नसकेपछि आकस्मिक अवतरण गरेको प्रभु हेलिकप्टरका प्रवक्ता नोबेल कुमार राजलवटले बताए ।
शनिवार दिउँसो साढे २ बजे डुङ्गेश्वरमा अवतरण गरेको हेलिकप्टर मौसम खुल्न नसकेका कारण अझै उडेको छैन । हेलिकप्टरमा चालक दलका दुई सदस्य, एक बिरामी र बिरामीका दुई आफन्त गरी पाँच जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *