विपन्न घर परिवारलाई विद्युतको मिटर बक्स निःशुल्क वितरण

वितिष । २६ असार दैलेख
महावु गाउँपालिका २ मा विपन्न र दलित घर परिवारलाई विद्युतको मिटर बक्स निःशुल्क वितरण गरिएको छ । महावु गाउँपालिका २ मा विद्युतको राष्ट्रिय प्रसारण लाईन पुगेपनि आर्थिक आभावका कारण अध्यारोमा बस्न बाध्य वडाका २६ विपन्न तथा दलित घर परिवारलाई विद्युतको मिटर बक्स वितरण गरिएको हो ।
महावु गाउँपालिका २ का २६ विपन्न तथा दलित घर परिवारलाई निःशुल्क विद्युतको मिटर बक्स वितरण गरिएको वडाअध्यक्ष प्रकाशराज थापाले जानकारी दिए । वडामा विगत केहि वर्षदेखि विद्युतको राष्ट्रिय प्रसारण लाईन पुगेपनि केहि घर परिवारले विद्युत उपभोग गर्न नपाएको र एउटै घरबाट विद्युतको सवमिटर बनाएर विद्युत उपभोग गर्न बाध्य भएका विपन्न तथा दलित घर परिवारलाई मिटर बक्स वितरण गरिएको वडाध्यक्ष थापाले वताए ।
उनका अनुसार एउटै मिटर बक्सवाट सवमिटर राखेर विद्युत उपभोग गर्दा जोखिम हुने र विद्युत महसुल बुझाउँदा पनि समस्या हुने भएकाले उक्त समस्याको समाधान गर्न विपन्न तथा दलित बस्तीका घर–घरमा वडा कार्यालयले निःशुल्क मिटर बक्स वितरण गरिएको हो ।
आर्थिक वर्ष २०८१/०८२ को स्किृत कार्यक्रम अनुसार वडा कार्यालयले लछित वर्ग शिर्षकबाट मिटर बक्स खरिद गरि वितरण गरेको वडाध्यक्ष थापाले जानकारी दिए । वितग ३ आर्थिक वर्षदेखी १ सय २८ घरधुरीलाई वडा कार्यालयले मिटर बक्स वितरण गरिसकेको वडाध्यक्ष थापाको भनाई छ । मिटर बक्स पाएपछि स्थानीयहरु खुसी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *