दैलेखमा भीरबाट खसेर बालकको मृत्यू

मातृभूमी संवाददाता । २७ असार दैलेख
दैलेखमा भीरबाट खसेर एक जनाको मृत्यू भएको छ । भैरवी गाउँपालिका वडा नं ७ डाँडासरुका १२ वर्षीय बालक विशाल बरालको मृत्यू भएको भैरबी गाउँपालिकाका कार्यपालिका सदस्य मुना थापामगर जानकारी दिईन् ।
विहीबार साँझ बाख्रा गोठालाबाट फर्किने क्रममा सिल्कीखोरिया भिरबाट झण्डै ४ सय मीटर खोल्सामा खस्दा घटना स्थलमै मृत्यू भएको बताइएको छ । उनी भगवती आधारभूत विद्यालय भाँटीचौरमा कक्षा ८ मा अध्ययनरत थिए ।
मृतक बालकका बुबा लालबहादुर बराल डेढ वर्षदेखि मलेसियामा रोजगारी गरिरहेका छन् । ती बालक भीरबाट खसेर मृत्यू भएपछि अब आमा छबिकला र उनको एक भाई मात्र घरमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *