बिब्यस नियम बिपरित गठन गरेको भन्दै उजुरी
मातृभूमी संवाददाता । २९ असार दैलेख
दैलेख सदरमुकाममा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा बिब्यस नियम बिपरित गठन गरेको भन्दै उजुरी परेको छ । ‘शिक्षा ऐन विपरित विद्यालय व्यवस्थापन समिति गठन भएको भन्दै पक्रिया रोकीपाँउ’ भनि जिल्ला प्रसाशन कार्यालय दैलेखमा उजुरी परेको हो ।
त्रिभुवन माध्यमिक विद्यालयले नियम विपरित विद्यालय व्यवस्थापन समिति गठन गरेको प्रश्न उठाउँदै नौमूले गाउँपालिकाका विन्दाकला शाहीले उजुरी दिएकी हुन् ।

विद्यालयमा दलिय भागवण्डा गरी विद्यालय व्यवस्थापन समिति गठन भएको, वालवालिकाको भविष्यमा खेलबाड भएकोे र विद्यालयमा असहज परिस्थति निर्माण भएको निवेदनमा उल्लेख छ ।
संविधान र कानुनी बुँदा हेरेर विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई टुंगो लगाउन शाहीले सुझाव समेत दिएकी छन् ।


