दैलेखमा चट्याङ लागेर एक जना घाइते
मातृभूमी संवाददाता । २९ असार दैलेख
दैलेखमा चट्याङ लागेर एक जना घाइते भएका छन् । नारायण नगरपालिका वडा नं. ७ किमुगाऊ बस्ने ३८ वर्षीया भरतदेवी खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
आफ्नै खेत बारीमा काम गरी घर फर्किने क्रममा चट्याङको झिल्काले लाग्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेश बहादुर बरालले जानकारी दिए ।
घाईते खड्काको बायाँ गाला सुनियको, बायाँ हातमा सुन्निएको र शरिरमा बाहिरी चोट नभएको डीएसपी बरालले बताए । घाईतेको दैलेख अस्पतालमा उपचार भैरहेको छ । अहिले अवस्था सामान्य रहेको डीएसपी बरालको भनाई छ ।

