डुङ्गेश्वर गाउँपालिकाको ८७ दशमलव ८४ प्रतिशत बजेट कार्यान्वयन
जित बहादुर थापा (रोशन) । ३० असार दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिकाकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ८७ दशमलव ८४ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि गाउँपालिकाले कुल ४१ करोड ३८ लाख २ हजार १ सय ७४ रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये ३६ करोड ३४ लाख ९० हजार ४ सय ८८ रुपैयाँ ४२ पैसा खर्च गरेको छ । अर्थात् ८७ दशमलव ८४ प्रतिशत बजेट कार्यान्वयन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललित कुमार थापाले जानकारी दिए ।
गाउँपालिकाले पुँजीगत तर्फ ९ करोड ४० लाख ७० हजार १ सय २७ रुपैयाँ ६१ पैसा खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले जानकारी दिए । उनले ११ करोड ६२ लाख १ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा ९ करोड ५० लाख ७० हजार १ सय २७ रुपैयाँ ६१ पैसा अर्थात् ८० दशमलव ९५ प्रतिशत बजेट कार्यान्वयन भएको वताए ।
यसैगरी गाउँपालिकाले चालु तर्फ २९ करोड ७६ लाख १ हजार १ सय ७४ रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये २६ करोड ९४ लाख २० हजार ३ सय ६० रुपैयाँ ८१ पैसा बजेट कार्यान्वयन भएको प्रमुख प्रशासकीय अधिकृत थापाको भनाई छ । उनले आर्थिक वर्ष २०८१/०८२ मा चालुतर्फ ९० दशमलव ५३ प्रतिशत बजेट कार्यान्वयन भएको बताए ।

