दैलेखको ठाँटिकाँध गाउँपालिकाको बजेट ८६.३२ प्रतिशत कार्यान्वयन
मातृभूमी संवाददाता । ३१ असार दैलेख
दैलेखको ठाँटिकाँध गाउँपालिकाकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ८६ दशमलव ३२ प्रतिशत बजेट कार्यान्वयन गरेको छ । चालु आर्थिक वर्षका लागि गाउँपालिकाले कुल ३९ करोड ६५ लाख ९२ हजार ६ सय ७१ रुपैयाँ ५३ पैसा बजेट विनियोजन गरेको थियो । जसमध्ये ३४ करोड २३ लाख ४५ हजार ३ सय ८६ रुपैयाँ ७६ पैसा खर्च गरेको छ । अर्थात् ८६ दशमलव ३२ प्रतिशत बजेट कार्यान्वयन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले जानकारी दिए ।
गाउँपालिकाले पुँजीगत तर्फ १० करोड ७२ लाख ७३ हजार ९ सय ९७ रुपैयाँ खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिए । उनले १३ करोड ६ लाख २ हजार २ सय २३ रुपैयाँ बजेट विनियोजन गरिएकोमा १० करोड ७२ लाख ७३ हजार ९ सय ९७ रुपैयाँ अर्थात् ८२ दशमलव १३ प्रतिशत बजेट कार्यान्वयन भएको वताए ।
यसैगरी गाउँपालिकाले चालु तर्फ २६ करोड ३९ लाख ९० हजार ४ सय ४८ रुपैयाँ ५३ पैसा बजेट विनियोजन गरेको थियो । जसमध्ये २३ करोड ५० लाख ७१ हजार ३ सय ८६ रुपैयाँ ७६ पैसा बजेट कार्यान्वयन भएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको भनाई छ । उनले आर्थिक वर्ष २०८१/०८२ मा चालुतर्फ ८८ दशमलव ३७ प्रतिशत बजेट कार्यान्वयन भएको बताए ।

