दैलेखमा बँदेलको आक्रमणबाट सात जना घाइते

मातृभूमी संवाददाता । ३२ असार दैलेख
दैलेखको राकम कर्णालीमा बँदेलको आक्रमणबाट सात जना घाइते भएका छन् । मकै खान आएको बँदेल धपाउन जम्मा भएका स्थानीयहरुलाई बँदेलले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेश बहादुर बरालले जानकारी दिए ।
आठबीस नगरपालिका ३ को जाक्सीमा बँदेल धपाउन जम्मा भएका आठबीस नगरपालिका २ का २९ वर्षीय टेक बहादुर शाही, वडा नं. ३ का ४५ वर्षीय राम बहादुर बडुवाल, २२ वर्षीय विकास कार्की र निरज कार्की गम्भीर घाइते भएका छन् भने अरु तीन जना सामान्य घाइते भएको डीएसपी बरालले बताए ।
घाइते मध्ये टेक बहादुर शाहीलाई थप उपचारका लागि सुर्खेत पठाइएको आठबीस नगरपालिकाका उपमेयर कल्पना थापाले जानकारी  दिइन । बाँकी घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । मानव बस्तीलाई आतंकित बनाउने उक्त बँदेल मारिएको जानकारी प्राप्त भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *