स्वच्छ वातावरणका लागि विद्यालय परिसरमा वृक्षारोपण

मातृभूमी संवाददाता । १ साउन दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका २ मा रहेको जनकल्याण माध्यमिक विद्यालय परिसरमा वृक्षारोपण गरिएको छ । वडा कार्यालय र विद्यालयको साझेदारीमा वृक्षारोपण गरिएको हो । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसर पारेर पर्यावरणमा स्वच्छता बढाउने उद्देश्यले विद्यालय परिसरमा विभिन्न प्रजातिका विरुवा रोपिएको डुङ्गेश्वर गाउँपालिका २ का वडाध्यक्ष यम बहादुर बिष्टले जानकारी दिए । वातावरण प्रदूषणको समस्याले पिरोलिएको बताउँदै वनस्पति, प्राणी तथा मानिसको गुणात्मक तथा परिमाणात्मक स्वरूपले एकअर्कालाई प्रभाव पारिरहेको वडाध्यक्ष बिष्टको भनाई छ ।
वृक्षारोपण कार्यक्रममा प्रधानाध्यापक खगेन्द्र शाहीले वडा कार्यालय गरेको कार्यक्रमले आफ्नो विद्यालय परिसर हरियाली एवम् स्वच्छ हुने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोप बहादुर वलीले वृक्षारोपणमा मात्र सीमित नरही बिरुवा हुर्काउनमा पनि थप कदम चाल्नु पर्ने बताए । बिरुवा रोप्न सजिलो भएपनि हुर्काउन अन्यन्तै गाह्रो हुने भएकाले नियमित हेरचाह गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *