एक वर्षमा १ हजार २ सय वढिले लिए वडावाट सेवा
मातृभूमी संवाददाता । ३ साउन दैलेख
दैलेखको महावु गाउँपालिका २ ले आर्थिक वर्ष २०८१/०८२ मा वडाबाट विभिन्न १२ प्रकारका सेवाहरु प्रदान गरेको छ । वडा कार्यालयले २०८१ साउनदेखी २०८२ असारसम्म व्यक्तिगत घटना दर्ता, विभिन्न सिफारिस लगाएतका १ हजार २ सय ७० जना नागरिकले सहज रुपमा सेवा लिएको वडाध्यक्ष प्रकाशराज थापाले वताए ।
वडा कार्यालयबाट प्रदान गरिने जन्म दर्ताका ६६, मृत्यु दर्ताका २२, बिबाह दर्ताका ३६, सिफारिस लगाएत अन्य विविध सेवाका १ हजार १ सय ६, जेष्ठ नागरिक १७, दलित जेष्ठ नागरिक ५, एकल (बिधवा) महिला २, पुर्ण अपांग १, अतिअशक्त अपांग २, सम्बन्ध बिच्छेदका ४, बसाईसराई गरि गएका ५ र बसाई सराई गरि आएका ४ गरी १ हजार २ सय ७० जना नागरिकले सेवा लिएको वडाध्यक्ष थापाको भनाई छ ।
एउटै थलोवाट विभिन्न १२ प्रकारका सेवा पाउँदा स्थानीय नागरिक खुसी भएका छन् । एउटै थलोवाट र घर नजिकैवाट सहज र सरल रुपमा सेवा पाउँदा गाउँ गाउँमा सिंहदरवार आएको आभास भएको स्थानीयको भनाई छ ।

