अपांगता भएका व्यक्तिहरुलाई बाख्रा बितरण
मातृभूमी संवाददाता । ६ श्रावण दैलेख
दैलेखको गुराँस गाउँपालिका १ र २ मा बाख्रा वितरण गरिएको छ । वडा नं. १ र २ का ८ जना अपांगता भएका व्यक्तिहरुलाई बाख्रा बितरण गरिएको हो । सिबिएम ग्लोबल, एभरेष्ट क्लब दैलेख र स्थानीय पालिकाको साझेदारीमा सञ्चालित विकास परियोजनाले अपांगता भएका व्यक्ति तथा उनीहरुको परिवारका सदस्यहरुलाई बाख्रा वितरण गरिएको विकास परियोजनाका कार्यक्रम संयोजक सेतलाल डाँगीले जानकारी दिए ।
अपांगता भएका व्यक्ति तथा उनीहरुको परिवारलाई जिविकोपार्जनमा जोड्नका लागि र आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले उन्नत जातका बाख्रा वितरण गरिएको एभरेष्ट क्लव दैलेखका कार्यकारी निर्देशक दिपक कुमार शाहीले बताए । बाख्रा पाएपछि अपांगता भएका व्यक्तिहरु खुशी भएका थिए ।
यस्तै परियोजनाले डुङ्गेश्वर र गुराँस गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुलाई करिब ३१ प्रकारका फरक व्यवसायमा जोड्ने लक्ष्य लिइएको क्लवका कार्यकारी निर्देशक शाहीले जानकारी दिए ।

