रास्वपाको दैलेखमा पनि हस्ताक्षर अभियान शुरु
मातृभूमी संवाददाता । ६ श्रावण दैलेख
राष्ट्रिय स्वतन्त्र पार्टीले दैलेख सदरमुकाममा पनि हस्ताक्षर अभियान शुरु गरेको छ । पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्ध दैलेखमा पनि हस्ताक्षर अभियान सुरु गरेको हो । दैलेख सदरमुकाममा पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान सुरु गरेको रास्वपा दैलेखका सचिव प्रकाश कुमार वुढाले बताए ।
देशका लागि धेरै काम गर्दा रवि लामिछाने माथि राजनीतिक प्रतिशोध साँधिएको सचिव वुढाले दावी गरे । भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्नबाट रोक्ने काम भएको भन्दै उनले अब जनताले रास्वपालाई साथ दिन आग्रह गरे । हस्ताक्षर अभियानमा जिल्लाभरबाट ३० हजार बढी जनताको हस्ताक्षर संकलन गरिने उनको दावी छ । सदरमुकामबाट सुरु गरिएको अभियान जिल्लाका ११ वटै पालिकामा सञ्चालन गरिने वुढाले वताए ।

