दैलेख कारागारको नाइैके नियुक्तिमा आर्थिक चलखेल भएको आरोप

मातृभूमी संवाददाता । ९ श्रावण दैलेख
दैलेख कारागारको नाईके नियुक्तिमा आर्थिक चलखेल भएको आरोप लागेको छ । कारागारका कैदीबन्दीहरूको नाईके नियुक्तिमा आर्थिक चलखेल भएको कैदिहरुले आरोप लगाएका हुन् । कैदीवन्दीहरुले आर्थिक चलखेल गरेर नाईके नियुक्त गरेको आरोप लगाएका छन् ।
विगतका दिनमा पनि नाईके नियुक्त गर्दा व्यापक आर्थिक चलखेल हुने गरेको र यसपालि पनि नाईके नियुक्त गर्दा आर्थिक चलखेल भएको नाम नवताउने सर्तमा एक कैदीवन्दिले मातृभूमी अनलाइनलाई वताए । उनीहरुले अपराध र सजायको प्रकृति हेरेर सिनियरलाई नाईके वनाउनु पर्नेमा आर्थिक चलखेल गरेर कनिष्टलाई नाईके वनाएको आरोप लगाएका हुन् ।
केहि दिन अघि मात्र दैलेख कारागारमा नाईके नियुक्त गरिएको छ । नाईके नियुक्त गर्दा आम कैदिवन्दिहरुको मनोभावना नवुझि दैलेख कारागार प्रमुख लिलु गिरीले आर्थिक चलखेल गरेर नयाँ नाईके नियुक्त गरेको कारागारका एक कैदिले नाम नवताउने शर्तमा जानकारी दिए ।
कैदिवन्दीहरुले नाईके नियुक्त गर्दा झण्डै ३ देखी ५ लाखसम्म आर्थिक चलखेल भएको आरोप लगाएका छन् । उनीहरुले अपराधको प्रकृति, सजाय भुक्तान गरेको अवस्था लगाएतका विषयहरु हेरेर नाईके नियुक्त गर्ने प्रचलन भएपनि कारागार प्रमुखले आर्थिक चलखेल गरेर नाईके नियुक्त गरेको आरोप लगाएका हुन् ।
जेलर गिरी स्वयं आफै कैदिवन्दिहरु वस्ने ठाउँमा पुगेर कैदिवन्दिहरुलाई थर्काउने, मानसिक तनाव दिने, तेरो सरुवा अहिले नै गर्दिन्छु भन्ने लगाएतका भाषा प्रयोग गर्ने गरेको कैदिवन्दिहरुले आरोप लगाएका छन् । आफुहरुलाई कारागार प्रमुख गिरीले विभिन्न वहानामा मानसिक तनाव दिने गरेको समेत कैदिवन्दिहरुले आरोप लगाएका छन् ।
यस विषयमा दैलेख कारागारका प्रमुख लिलु गिरीसँग वुझ्दा आर्थिक चलखेल भयो भन्ने कुरामा कुनै सत्यता नभएको वताए । उनले नाईके वनाउँदा उसको अनुसाशन, वानी व्यहोरा, चालचलन हेरेर वनाउने चलन रहेको भन्दै जुनियर र सिनियर भन्ने नहुने वताए । कारागार प्रमुख गिरीले आर्थिक चलखेल भएको भन्ने कुरा सत्य नभएको मातृभूमी अनलाइनलाई वताए ।
यस्तै दैलेखका प्रमुख जिल्ला अधिकारी वद्रिनाथ गैह्रेले यस विषयमा आफुलाई कुनै जानकारी नभएको वताए । प्रमुख जिल्ला अधिकारी गैह्रेले यस विषयमा आफुले एक दुई दिन भित्र कारागारको अवलोकन र अनुगमन गरेर सत्यता के हो ? वुझ्ने प्रतिक्रिया दिए ।
यता नाईके नियुक्त भएका व्यक्तिका आफन्तले समेत पावर लगाएर आफ्नो नाता पर्ने व्यक्तिलाई नाईके नियुक्त गर्न लगाएको सार्वजनिक रुपमै अभिव्यक्ति दिने गरेका छन् ।

