कर्णाली राजमार्गमा गाडी दुर्घटना ५ जना गम्भीर घाइते

मातृभूमी संवाददाता । ९ श्रवाण दैलेख
कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । सुर्खेतदेखि जुम्ला जाँदै गरेका फोर्स गाडी कर्णाली राजमार्गमा दुर्घटना हुँदा १९ जना घाइते भएका हुन् ।
कर्णाली प्रदेश ०२००१ ज ००४६ नम्बरको फोर्स गाडी कर्णाली राजमार्ग अन्तर्गत दुल्लू नगरपालिका १ तल्लो डुङ्गेश्वर नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी गणेश बहादुर बरालले जानकारी दिए ।
डिएसपी बरालका अनुसार गाडीमा सवार २३ जना मध्ये अरु सामान्य घाइते भएको र ५ जना गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । सामान्य घाइतेलाई स्थानीय मेडिकलमा उपचार गरि गन्तब्य तर्फ पठाइएको छ । गाडीलाई उकालोमा रोकि यात्रु झार्न लाग्दा गाडी व्याक भएर सडकबाट करिव १० मीटर तल खोल्सामा खसेको दैलेख प्रहरी प्रमुख डिएसपी बरालले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *