दैलेखका छुट्टाछुट्टै ठाँउमा परेको चट्याङ लागेर तीन जना घाईते

मातृभूमी संवाददाता । ११ श्रवाण दैलेख
दैलेखका दुई ठाउँमा चट्याङ लागेर तीन जना घाईते भएका छन् । गएरातिको हावाहुरी तथा पानीसँगै परेको चट्याङ लागेर दैलेखका दुई ठाउँमा तीन जना घाईते भएका हुन् । चट्याङ लागेर महाबु गाउँपालिका १ का लक्ष्मी बयक र उनका १७ बर्षीय छोरा राजेश बयक घाईते भएका हुन् । यस्तै नारायण नगरपालिका ३ का १९ बर्षीय तिलक रेग्मी पनि चट्याङ लागेर घाईते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी गणेश बहादुर बरालले जानकारी दिए ।
घाइतेमध्ये लक्ष्मी र राजेशले कान नसुन्ने समस्या भएको छ भने लक्ष्मीको टाउको तथा छाती दुखिरहेको आफन्तले वताएका छन् । यस्तै नारायण नगरपालिकाका रेग्मीलाई चट्याङको झिल्काले टाउको र बायाँ खुट्टामा भित्री चोट लागेको स्वास्थ्यकर्मीले वताएका छन् । उनीहरुको अबस्था सामान्य रहेको र दैलेख अस्पताल उपचार भैरहेको दैलेख अस्पतालका डा. मनोज विश्वकर्माले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *