चामुण्डामा बाघले ६ वटा खसीबाख्रा मार्‍यो

मातृभूमी संवाददाता । ११ श्रवाण दैलेख
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा बाघले स्थानीय किसानका ६ वटा खसी बाख्रा मारेको छ । बाघले चामुण्डा बिन्द्रासैनी नगरपालिका ६ नाउला स्थित स्थानीय किसान मैना बोहराका खसी बाख्रा मारेको हो ।
स्थानीय किसान बोहोराका ६ वटा खसी बाख्रा बाघले मारेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी गणेश बहादुर बरालले जानकारी दिए । बाघले खसी बाख्रा मारेपछि लाख रुपैयाँ बराबरको नोक्सान भएको डिएसपी बरालले बताए ।
चामुण्डा बिन्द्रासैनी नगरपालिका ६ नाउला बस्ने ६९ वर्षीया बोहराको शनिबार घर नजिकै रहेको खोरमा बाघले आक्रमण गरी खोरमा रहेका ६ वटा बाख्रा मध्ये ४ वटा बाख्रा र २ वटा खसिलाई मारेको हो ।
बाघको आक्रमणबाट मानवीय क्षति नभएको तर साँझ परेपछि ओहोरदोहोर गर्न त्रास भएको स्थानीयको भनाई छ । दैनिक जीवन गुजाराका लागि वर्षौँदेखि पाल्दै आएका खसी बाख्रा बाघले मारिदिँदा स्थानीय चिन्तित बन्नुका साथै त्रसित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *