मध्यपहाडी राजमार्ग अन्तरगत दैलेख खण्डको जाहारकोटमा बर्षाैंदेखी यात्रुलाई सास्ती
मातृभूमी संवाददाता । १३ श्रावण दैलेख
मध्यपहाडी राजमार्ग अन्तरगत दैलेखको जाहारकोट खण्डमा नागरिकले बर्षाैंदेखी सास्ती भोग्दै आएका छन् । हिउँदमा धुलो र बर्खामा हिलोका कारण मध्यपहाडी राजमार्ग अन्तरगत दैलेखको जाहारकोट खण्डको माल्लिमा सर्बसाधारण, यात्रु तथा स्थानीयले सास्ती भोग्नु परेको हो ।
स्थानीयबासी यामराज थापाको जग्गा बिबादका कारण उक्त सडक खण्ड भएर यात्रा गर्ने नागरिक र स्थानीयले सास्ती भोगिरहनु परेको छ । मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखले समयमै जग्गा बिबाद नटुङ्याउँदा स्थानीयबासीका साथै उक्त मार्ग भएर यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती भोग्नु परिरहेको छ ।
पर्यटक तथा यात्रुहरूले हिउँदमा धुलाम्मे तथा बर्खामा हिलाम्मे सडकका कारण सास्ती भोग्नु परेको यात्रुहरूको भनाई छ । धुलाम्मे र हिलाम्मे सडकका कारण बषाैंदेखी सास्ती भोग्न बाध्य भएको नागरिकहरु बताउछन् । राजमार्ग योजना कार्यालय दैलेखको अकर्मण्यता र स्थानीयबासीको अवरोधका कारण नागरिकले बर्षाैंदेखी सास्ती भोग्नु परेको हो ।

