कृषि विकास कार्यालय दैलेखले ९० नब्बे प्रतिशत प्रगति गर्‍यो

मातृभूमी संवाददाता । १४ श्रवाण दैलेख
कृषि विकास कार्यालय दैलेखले आर्थिक वर्ष २०८१/०८२ मा झण्डै नब्बे प्रतिशत प्रगति गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको वार्षिक समिक्षा कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कार्यालय प्रमुख दशरथ पाण्डेले यस्तो प्रगति विवरण प्रस्तुत गरेका हुन ।
उक्त विवरण अनुसार कार्यालयले प्रदेश वित्तीय समानीकरण अर्न्तगत चालु र पुंजीगत गरि कूल १२ करोड २४ लाख ६ हजार बजेट विनियोजन भएकोमा १० करोड ९७ लाख ३९ हजार अर्थात ८९ दशमलव ६५ प्रतिशत वित्तीय प्रगति गरेको छ ।
कृषि/पशुसेवा विभाग (संघ सशर्त अनुदान) शीर्षकमा गत आर्थिक वर्षमा ३६ लाख विनियोजन भएकोमा ३० लाख ३७ हजार खर्च भएको हो । अर्थात ८४ दशमलव ३६ प्रतिशत र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अर्न्तगत १५ लाख बजेट विनियोजन भएकोमा १४ लाख ९७ हजार अर्थात ९९ दशमलव ८० प्रतिशत वित्तीय प्रगति गरेको कार्यालय प्रमुख पाण्डेले जानकारी दिए ।
कार्यालयले चालु खर्च अर्न्तगत ८७ दशमलव ३१ र पुंजीगत खर्च अर्न्तगत ९२ दशमलव ८६ प्रतिशत वित्तीय प्रगति हासिल गरेको कार्यालय प्रमुख पाण्डेको भनाई छ । कार्यालयले गत आर्थिक वर्षमा पाँच वटा कार्यक्रमलाई बढी प्राथमिकता दिएको थियो । कृषि व्यवसाय प्रर्वद्धन अर्न्तगत रोडकरिडोरमा तरकारी खेति प्रवृद्धन कार्यक्रम अर्न्तगत २० लाख बजेट रहेकोमा १९ लाख ८२ हजार बजेट खर्च भएको कार्यालय प्रमुख पाण्डेले बताए ।
यस्तै, कृषि प्रविधि प्रर्वद्धन, कृषि प्रसार तथा खाद्य सुरक्षा कार्यक्रम अर्न्तगत कृषि सामुदायिक केन्द्र स्थापना शीर्षकमा ३ लाख ३६ हजार विनियोजन भएकोमा ३ लाख ३५ हजार रुपैंया खर्च भएको छ । मागमा आधारित साना सिंचाई शीर्षकमा ८० लाख बजेट रहेकोमा ७८ लाख २१ हजार रुपैंया खर्च भएको छ ।
गरिव लक्षित वर्ग विशेष कार्यक्रम अर्न्तगत ४० लाख बजेट रहेकोमा ३९ लाख ८० हजार र पुष्प खेति प्रर्वद्धन कार्यक्रममा एक लाख बजेट विनियोजन गरेकोमा ९९ हजार रुपैंया खर्च भएको छ ।

pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *