सामाजिक उत्तरदायित्व तालिम सञ्चालन

मातृभूमी संवाददाता । १९ श्रवाण दैलेख
दैलेखको नारायण नगरपालिकाले ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना क्रियाकलापलाई सघाउन अधिकारकर्मीलाई लैंगिक उत्तरदायी र समावेशी शासन प्रवद्र्धन सवालमा २ दिने सामाजिक उत्तरदायित्व तालिम सञ्चालन गरेको छ ।
सामाजिक उत्तरदायित्वसंग जोडिएका पारदर्शिता, अर्थपूर्ण सहभागिता, लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति र समावेशीकरण, स्थानीय तहको योजना निर्माण प्रक्रिया र उत्तरदायित्व, सार्वजनिक सेवामा महिला तथा आमनागरिकको पहुँच अभिबृद्धिका लागि नागरिक समाजको पैरबी सवालमा सहभागीहरुलाई अभिमुखीकरण गरिएको छ ।
‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना र सामाजिक उत्तरदायित्व सवालमा अधिकारकर्मी रमा भण्डारीले सहजीकरण गरेकी थिइन् । महिला पुनर्स्थापना केन्द्र (ओरेक) काठमाण्डौंका कार्यक्रम संयोजक कमला पोखरेल, कर्णाली प्रदेश संयोजक डिल कुमारी बुढा मगर र आयोजक नारायण नगरपालिकाका सामाजिक शाखा प्रमुख खमबहादुर थापाले तालिम संयोजन गरेका थिए ।
आर्थिक, सामाजिक तथा राजनीतिक अधिकार प्रवद्र्धन सहित महिला सशक्तिकरणलाई टेवा दिने ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना यूरोपियन यूनियनको सहयोगमा संयुक्त राष्ट्र संघका ४ वटा निकायहरु यूनिसेफ, यूएनएफपीए, यूएनउमन र आईएलओसंगको सहकार्यमा स्थानीय गैर सरकारी संस्थाहरुसंग साझेदारीमा विभिन्न प्रदेश र पालिकाहरुमा सञ्चालित छ ।
परियोजनाको साझेदार महिला पुनर्स्थापना केन्द्र (ओरेक)को प्राविधिक सहयोगमा सञ्चालित तालिममा २१ जनाको सहभागिता रहेको छ । उक्त कार्यक्रम होटल पार्किन दैलेखकाे हलमा भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *