दैलेख–सुर्खेत सडक खण्ड अवरुद्ध

मातृभूमी संवाददाता । २१ श्रवाण दैलेख
अविरल वर्षाका कारण दैलेख–सुर्खेत सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण माथिल्लो डुङ्गेश्वर सिस्नेटार नजिकै पहिरो खस्दा मंगलबार रातिदेखि सडक अवरुद्ध भएको हो ।
पहिरोले सडक पुरै अबरुद्ध भएको प्रहरीले जनाएको छ । डोजरको सहायताले पहिरो पन्छ्याउने काम भैरहेको र अबको एक/आधा घण्टामा बाटो खुल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रहरी सहायक निरिक्षक दिलिप कुमार बुढाले जानकारी दिए ।


सडक अबरुद्ध हुँदा दैलेखदेखि सुर्खेत जाने र सुर्खेतदेखि दैलेख आउने यात्रु बीच बाटोमै अलपत्र परेका छन् । सुर्खेतमा लाखेनाच देखाएर फर्किदै गरेको न्यु ज्वाला क्लब दैलेख, भगवती युबा क्लब दैलेख र एभरेस्ट क्लब दैलेखका कलाकार र ब्यबस्थापनको टोलिपनी पहिरोका कारण डुङ्गेश्वर बजारमै रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *