वडा कार्यालय सचिव विहिन

 

 

 

मातृभूमी संवाददाता । २७ श्रवाण दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. २ को वडा कार्यालयमा वडा सचिव नहुँदा दैनिक कामकाजमा समस्या भएको छ । वडामा दरबन्दी अनुसारको सचिव नहुँदा कामकाज प्रभावित हुनुका साथै सेवा प्रवाहमा समस्या भएको हो । सचिव नभएको वडामा पशु प्राविधिक खटीएर सचिवको काम गरेको स्थानिय सेवाग्राहीले आरोप लगाएका छन् ।वडामा दरबन्दी अनुसारको सचिव नभएका कारण पशु प्राविधिकले नै सचिवको काम गरिरहेकोे डुङ्गेश्वर गाउँपालिकाका २ का एक स्थानियले नाम नप्छाने शर्तमा जानकारी दिए । उनले वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको बताए ।
वडा कार्यालयमा यस्तो समस्या फागुन महिन देखी भएको अर्का स्थानीय जित बहादुर थापाले बताए । उनले भने, ‘एउटा जन्म दर्ता बनाउनको लागि १० दिन सम्म वडामा धाएँ । सचिव बिरामी छन् । बन्दैन भनेका थिए । १० दिन लगाएर कक्षा ८ मा पढ्ने ८ जनाको जन्मदर्ता बनाएको र त्यो दिन जन्मदर्ता नबनेको भए ८ जनाले कक्षा ८ को परिक्षा दिन पाउने थिएनन् ।’ उनले वडाध्यक्ष यम बहादुर बिष्ट र गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार के.सी. लाई फोन गरेर ७ दिनको लागि एक जना सचिव पठाउन समेत आग्रह गरेको बताए ।
उनले एउटा जन्मदर्तामा के–के लेख्नुपर्छ थाहा नपाएर अर्का वडाको मान्छेलाई फोन गरी–गरी सिकेर जन्मदर्ता बताएको आरोप लगाएका छन् । उनले केहि दिनको लागी नयाँ सचिव नआउने बेलासम्मलाई बनाएको तर यति समयसम्म सचिव ल्याउन नसक्ने भनेर दुःख व्यक्त गरे ।
यस विषयमा पुश प्राविधिक दुर्योधन विसीसंग बुझ्दाँ पहिला वडा सचिव करार कर्माचारीले हुन पाउने र आफु निजामती कर्माचारी वडा सचिव हुन पाउने व्यवस्था भएको दाबी गरेका छन् । उनले पहिला करार कर्माचारी सचिव भएको बेला किन समाचार नलेखेको भन्दै प्रश्न समेत गरे । उनले करार कर्माचारीको अन्डरमा निजामती छैठौं कर्माचारी बस्न नसक्ने बताए । उनले देशभरी पशु प्राविधिक वडा सचिव मात्र नभइ प्रमुख प्रशासकीय अधिकृत समेत रहेको भन्दै गैर जिम्मेवार जवाफ दिए ।
डुङ्गेश्वर गाउँपालिका २ का वडाध्यक्ष विष्टले स्वयम आफैले “वडा कार्यालयमा कर्मचारी नहुँदा सर्वसाधारर्णले सामाजिक सुरक्षा नवीकरणमा सास्ती भएको भन्दै संघीयताको उपहार डुङ्गेश्वर २ को अवस्था” भन्दै सामाजिक संजाल फेसवुकमा लेखेका छन् ।
उता प्रमुख जिल्ला अधिकारी बर्दीनाथ गैह्रेले पशासनिक काम प्रशासन तर्फले मात्रै गर्न मिल्ने र अन्य कर्माचारी नभएको खण्डमा अरुले पनि काम गर्न पाउने व्यवस्था भएको बताए ।
यस्तै डुङ्गेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललित कुमार थापाले वडा सचिव नभएको खण्डमा अन्य कर्माचारीलाई सचिव बनाउने ब्यवस्था भएको बताए । उनले जनशक्ति कम भयो भने पालिकामा भएको जनसुकै कर्माचारी र निजामती कर्माचारीले वडा सचिव हुने पाउने व्यवस्था भएको समेत बताए । अव छिट्टै गाउँपालिकाले निर्णय गरी वडामा सचिव पठाउने प्रमुख शासकीय अधिकृत थापाको भनाई छ ।
वडा कार्यालयमा स्थानीय गाउँपालिकाबाट बेहोर्ने गरी कार्यालय सहयोगी र प्राविधिक भए वडामा सचिव नहुँदा दैनिक कामकाज निकै प्रभावित भइरहेको जनाएको छ । स्थानीय सेवाग्राहीले समयमै सेवा नपाएको गुुनासो समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *