दैलेखकाे दुल्लुमा निःशुल्क आँखा शिविर सञ्चालन हुने

मातृभूमी संवाददाता । २४ असोज दैलेख
दैलेखको दुल्लुमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन हुने भएको छ । दुल्लु नगरपालिकाको आयोजना तथा नेपाल नेत्रज्योति संघ र राप्ती आँखा अस्पताल दाङको प्राविधिक सहयोगमा आगामी असोज २६ र २७ गते दुई दिन आँखा उपचार शिविर संचालन हुने भएको हो ।
शिविर विजया माध्यमिक विद्यालय, दुल्लुमा सञ्चालन हुनेछ । नगरवासी सहित समग्र दैलेख जिल्लाका आँखा सम्बन्धी समस्या भएका बिरामीहरूलाई सहज रूपमा उपचार उपलब्ध गराउने उद्देश्यले शिविर संचालन गर्न लागिएको राप्ती आँखा अस्पतालका पुर्णवहादुर ओलीले जानकारी दिए । उनका अनुसार शिविरमा आँखा परीक्षण, परामर्श, औषधि वितरणदेखि मोतिबिन्दु तथा अन्य समस्या पहिचान गर्ने काम समेत हुनेछ ।
यस्तै दुल्लु नगरपालिकाले सबै नागरिकलाई समयमै उपस्थित भई नाम दर्ता गर्न र निःशुल्क उपचार सेवाको लाभ लिन अनुरोध गरेको छ । आँखा सम्बन्धी रोग समयमै उपचार नगर्दा दृष्टि गुम्ने जोखिम बढ्ने भएकाले सचेत रहन दुल्लु नगरपालिकाका नगरप्रमुख भरत प्रसाद रिजालले अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *