महाबुले मृतकका परिवारलाई ५० हजार बढी क्रिया खर्च दिने
मातृभूमी संबाददाता । २७ असोज दैलेख
दैलेखको महुवु गाउँपालिकाले गाउँसभा सदस्य नन्दा वि.क. र बाँकेको बाल सुधार गृहमा मृत्यु भएका भुपेन्द्र खत्रीको परिवारलाई क्रिया खर्च वापत राहत दिने निर्णय गरेको छ । कार्यपालिका बैठकले गाउँसभा सदस्य महावु ६ का नन्दा र जेन्जी आन्दोलनको सयममा बाँकेको बाल सुधार गृहमा मृत्यु भएका महावु २ का खत्रीको परिवारलाई क्रिया खर्च वापत राहत रकम प्रदान गर्ने निर्णय गरेको महावु गाउँपालिका २ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता प्रकाशराज थापाले वताए ।
बैठकले मृतक दुवैजना प्रति शोक प्रस्ताव पारित गर्दै उनीहरुको परिवारलाई क्रिया खर्च वापत जनही रु. ५० हजार एक सय रुपैयाँ राहत दिने निर्णय भएको वडाध्यक्ष एवं प्रवक्ता थापाले जानकारी दिए । साथै बैठकले बर्षाका कारण घर लगाएतका क्षेती भएका विभिन्न संरचनाहरुको आवश्यक प्रक्रिया पुर्याई राहत दिने लगाएतका निर्णय भएको वडाध्यक्ष थापाले वताए ।

