डुङ्गेश्वर २ मा प्रथम वडाध्यक्ष कप भलिवल प्रतियोगिता शुरु
मातृभूमी संवाददाता । ३० असोज दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका २ मा प्रथम वडाध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता शुरु भएको छ । डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार के.सी.ले पानसमा दीप प्रज्वलन गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् । जनकल्याण माध्यामिक विद्यालय सेर्माकोटको खेल मैदानमा संचालित प्रतियोगितामा जिल्ला भरीका ९ समुहको सहभागिता रहको डुङ्गेश्वर गाउँपालिका २ का वडाध्यक्ष यमबहादुर बिष्टले जानकारी दिए । विजया दशमी तथा दिपावलीको अवसरमा डुङ्गेश्वर गाउँपालिका २ को आर्थिक सहयोगमा प्रथम वडाध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता संचालन भएको वडाध्यक्ष बिष्टले बताए ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा खेल क्षेत्रको विकासमा लगानी नगरेको अवस्थामा वडाले खेलाडीको हौसला बढाउन संचालन गरेको भलिवल प्रतियोगिता आफैमा सराहनीय कार्य भएको गाउँपालिकाका अध्यक्ष के.सी.ले बताए । उनले स्वास्थ्यको लागी खेलकुद आवश्यक रहेकोले खेलकुदले मानिसलाई स्वस्थ राख्न महत्वपूर्ण भुमिका खेल्ने बताए ।
यस्तै उपाध्यक्ष कलावती न्यौपानेले स्थानीयले तहले खेलकुदमा महत्वपूर्ण भूमिका निभाएको वताएकि छन् । कार्यक्रमलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्ने उपाध्यक्ष न्यौपानेले वताईन् । खेलकुदको विकासका लागि सबै लाग्नु पर्ने भन्दै खेल निष्पक्ष रुपमा संचालन गर्न आग्रह समेत गरिन् ।
प्रथम वडाध्यक्ष कप खुल्ला भलिवल प्रतियोगितामा प्रथम हुने समुहले १ लाख, द्धितिय हुने समुहले ५० हजार, तृतिय हुने समुहले ३० हजार नगदका साथै कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने डुङ्गेश्वर गाउँपालिका २ वडाध्याक्ष विष्टले जानकारी दिए । खेल आगामी कात्तिक २ गतेसम्म संचालन हुने छ ।

