दैलेखको भगवतीमाईमा निःशुल्क पशु स्वास्थ्य शिविर संचालन
मातृभूमी संवाददाता । ०१ कात्तिक दैलेख
दैलेखको भगवतीमाई गाउँपालिका ४ मा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर संचालन भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयको सहयोगमा सञ्चालन गरिएको शिविरमा १२ सय बढी पशुपंक्षिको उपचार गरिएको जनाईएको छ ।
शिविरमा भेडाबाख्रा, कुखरा, गाई, भैँसी लगायतका पशुको निःशुल्क उपचार गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डा. ऋषभ गुरागाँइले जानकारी दिए । दूरदराजमा रहेका कृषकहरुलाई गाउँ वस्तीमै पुगेर सेवा प्रदान गर्ने उद्देश्यले पशुको स्वास्थ्य उपचार र निःशुल्क औषधी वितरण गरिएको डा. गुरागाँइले बताए ।
गाउँमै आफ्नो पशुको उपचार गर्न पाउदा स्थानीय किसानले खुसी व्यक्त गरेका छन् । उनीहरुले आगामी दिनहरुमा पनि यसरी गाउँघरमै आएर आफुहरुले पालेका पशुपंक्षिको उपचार गर्न गाउँपालिकाका जनप्रतिनिधीहरुलाई अनुरोध समेत गरे ।
शिविरमा गाँउपालिकाका अध्यक्ष गणेश बहादुर थापा, ४ नं. वडाध्यक्ष देवलोकक अधिकारी लगायत कार्यालयका प्राविधिकको उपस्थिति रहेको थियो ।

