डुङ्गेश्वर गाउँपालिका २ मा सम्पन्न वडाध्यक्ष कप खुल्ला पुरुष भलिबलको उपाधि भगवतीमाईलाई

मातृभूमी संवाददाता । ०२ कात्तिक दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका २ मा सम्पन्न वडाध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि भगवतीमाई गाउँपालिकाले जितेको छ । आइतवार भएको फाइनल खेलमा गुराँस गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै भगवतीमाई गाउँपालिका विजयी भएको हो । पहिलो सेट २५–२० ले जितेपनि लगातार तीन सेटमा पराजय बेहोर्दै गुराँस उपाधी होडवाट वाहिरिएको हो । भगवतीमाईले दोस्रो सेट २५–१८ तेस्रो सेट २५–१४ र चौथो सेट २५–२१ ले जित्दै उपाधी जितेको हो ।
वडाध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगितामा जिल्लाभरीका ९ समुहको सहभागीता रहेको थियो । विजेता भगवतीमाई गाउँपालिकाले १ लाख नगद सहित कप, मेडल र प्रमाणपत्र, उपविजेता गुराँस गाउँपालिकाले ५० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र तथा आयोजक डुङ्गेश्वर गाउँपालिकाले तेस्रो पुरस्कार हात पार्दै ३० हजार नगद सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको डुङ्गेश्वर गाउँपालिका २ का वडाध्यक्ष यम बहादुर विष्टले जानकारी दिए ।
जनकल्याण माध्यामिक विद्यालय सेर्माकोटको प्रांगणमा भएको प्रतियोगिता यहि असोज ३० गतेदेखी संचालन भएको हो । असोज ३० गतेदेखी चार दिनसम्म संचालन भएको वडाध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगितामा जनप्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थी, अभिभावक, राजनितिक दल, सुरक्षाकर्मी, बुद्धिजिवी लगायत अन्य दर्शकहरुको उल्लेख्य सहभागिता रहेको डुङ्गेश्वर गाउँपालिका २ का स्थानीय एवं रेफ्रि धर्मराज विष्टले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *