दैलेखको ठाँटिकाँधमा तेस्रो अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता सञ्चालन

मातृभूमी संवाददाता । ०३ ठाँटिकाँध दैलेख
दैलेखको ठाटिकाँध गाउँपालिकामा अन्तर पालिका तेस्रो अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन भैरहेको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ दिपावलीको अवसरमा गाउँपालिकाको आयोजनामा अन्तर पालिका स्तरिय तेस्रो अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन गरिएको हो ।
कर्णाली प्रदेशका सम्पुर्ण जिल्लाहरु, शुदुरपश्चिमको अछाम जिल्लाका साथै दैलेखका एघार वटै पालिकाका खेलाडी तथा समुहको सहभागिता रहेको प्रतियोगिता गाउँपालिकाको ठाटिकाँध बजार स्थित कृष्ण माध्यामिक विद्यालयको खेल मैदानमा संचालन भैरहेको छ ।
ठाटिकाँध गाउँपालिका अध्यक्ष रक्ष बहादुर शाहले खेल जित्नु मात्र उपलब्धी नभएर हरेक खेलाडीहरुका लागि अनुशासन मुख्य चुनौतिको विषय भएको बताए । गाउँपालिकाका उपाध्यक्ष देविराम बडुवालले विभिन्न खेलहरु खेलाउनका लागि गाउँपालिकामा प्रयाप्त खेल मैदान नभएर समस्या भएको बताए । उपाध्यक्ष वडुवालले खेलाडीहरुको मागलाई मध्यनजर गर्दै खेल मैदान निर्माणका लागि गाउँपालिकाले ठोस निर्णय लिने वताए ।
अन्तर पालिका स्तरिय तेस्रो अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगितामा जिल्ला भित्र र बाहिरका १३ वटा समुहको सहभागीता रहेको ठाँटिकाँध खेलकुद विकास समितिका अध्यक्ष दिक्पाल शाहीले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *