संस्कृति संरक्षण संगै पुस्तकालयका लागि देउसीभैलो

  मातृभूमी संवाददाता । ०४ कात्तिक दैलेख
दैलेखको ठाँटिकाँध गाउँपालिका ४ गैरागाउँमा रहेको देवती माध्यामिक विद्यालयका विद्यार्थीले संस्कृति संरक्षणका साथै पुस्तकालय र शौचालय निर्माण तथा मर्मतका लागि देउसीभैलो खेलेका छन् । विद्यालयमा अध्ययन गरेका पुर्व विद्यार्थी र हाल अध्ययन गरीरहेका विद्यार्थीहरु मिलेर संस्कृति संरक्षणका साथै पुस्तकालय र शौचालय निर्माण तथा मर्मतका लागि देउसीभैलो खेलेको विद्यालयका प्रधानाध्यापक सुरत वहादुर शाहीले वताए ।
देउसीभैलोमा यस क्षेत्रको चर्चित देउडा गित पनि प्रस्तुत गर्ने गरिएको प्रधानाध्यापक शाहीले वताए । यस वर्षको दिपावलीको अवसरमा पुर्वविद्यार्थी र हाल अध्ययन गरिरहेका विद्यार्थीहरु मिलेर देउसीभैलो खेलेका हुन् । देउसीभैलो खेलेर संकलन रकमबाट विद्यालयमा पुस्तकालयको व्यवस्थापन गर्ने र शौचालय निर्माण तथा मर्मत गर्ने योजना रहेको विद्यालयका शिक्षक लिलाराम सिजापतिले वताए ।
विद्यालयमा विद्यार्थीका लागि शौचालयको समस्या रहेको भन्दै शिक्षक सिजापतिले देउसीभैलो खेलेर संकलन भएको रकमवाट शौचालयको निर्माण तथा मर्मत गरिने र विद्यालयमा विद्यार्थीका लागि पुस्तकालयको समेत व्यवस्थापन गर्ने योजना रहेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *