दैलेखको नौमूले गाउँपालिकाका अध्यक्ष सुवेदीलाई मातृशोक

मातृभूमी संवाददाता । ०८ कात्तिक दैलेख
दैलेखको नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीलाई मातृशोक परेको छ । उनकी आमा चन्द्रकला सुवेदीको उपचारका क्रममा ७३ वर्षको उमेरमा शनिवार विहान ३ वजे निधन भएको हो ।
उच्च रक्तचाप सम्बन्धी समस्या देखिएपछि चन्द्रकलाको नेपालगन्जमा उपचार भैरहेको थियो । उपचारका क्रममा शनिवार विहान ३ बजे चिकित्सकले मृत घोषणा गरेको अध्यक्ष सुवेदीका आफन्तले जानकारी दिएका छन् ।
चन्द्रकलाका ५ जना छोरा र ४ छोरी छन् । जेठा छोरा छविराम सुवेदी गत स्थानीय निर्वाचनबाट नौमूले गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । चन्द्रकलाको आइतवार विहान ९ बजे नौमूले स्थीत खजुरीको दोभानमा दाह संस्कारका गरिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *