दशैं तिहार सकिएसँगै कर्मथलो फर्किन थाले नागरिक
मातृभूमी संवाददाता । ०९ कात्तिक दैलेख
दैलेखमा दसैँ र तिहार मनाउन आएका नागरिक तिहारपछि कर्मथलो फर्किन थालेका छन् । मुलुकका विभिन्न सहरमा पढ्दै गरेका विद्यार्थी, रोजगारी र मजदुरीका लागि घर छोडेका दैलेखका विभिन्न स्थानीय तहका नागरिक तिहार सकिएसँगै कर्मथलो फर्किन थालेका हुन् ।
दसैँ र तिहार मनाउन मनाउन घर आएका विद्यार्थी र कर्मचारीहरु धमाधम सहर फर्किन थालेका हुन् । तिहार सकेर सबै विद्यार्थी घर छोड्न थालेको नारायण नगरपालिका २ का टोपेन्द्र थापाले बताए ।
दैलेख सदरमुकामको जिल्ला प्रहरी कार्यालय पछाडि रहेको वसपार्कमा जिल्ला वाहिर कर्मथलो जानेको भिड लाग्ने गरेको थापाले वताए । दसैँ र तिहार मनाउन घर आएका विद्यार्थी, सहरमा रोजगारीमा रहेका नागरिक जिल्ला वाहिर जान थालेको थापाको भनाई छ ।

