मातृभूमी संवाददाता १० कात्तिक
दैलेख – मंगलबार राति बडादशैंको खुशियाली मनाउन जम्मा भएका युवाहरुबीच दैलेखमा भएको कुटपिट घटनाका घाइते एक युवकको कणर्ाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा शुक्रवार मृत्यू भएको छ । बडादशैंको दिन दैलेखको जिल्ला सदरमुकाम नारायण नगरपालिका-७ जार्जेखोला कालिमाटी भन्ने ठाउँमा राति ९ बजे भएको जमघटमा कुटपिटबाट घाइते नारायण नगरपालिका-७ किमुगाउँका २५ वर्षीय रोहन शाहीको उपचारको क्रममा शुक्रबार मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।
घटनामा घाइते दुई जना नारायण नगरपालिका-७ किमुगाउँका रोहन र रोहनका भतिज २६ वर्षीय धीरेन्द्र शाहीलाई मंगलबार राति प्राथमिक उपचारपछि थप उपचारका लागि कणर्ाली प्रदेश अस्पताल पुर्‍;याइएकोमा रोहनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले बताए ।

पीडित पक्षले कुटपिटमा संलग्न नारायण नगरपालिका-७ का ८ जना बिरुद्ध कितानी उजुरी गरेकोमा २८ वर्षीय हिक्मत बुढा, ४५ वर्षीय पूणर्बहादुर बुढा, २३ वर्षीय बिमल बुढा र ४४ वर्षीया खगिसरा बुढालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान थालेको छ । घटनामा संलग्न ४ जना आरोपितहरु फरार रहेको प्रहरीले जनाएको छ ।
घटना लगतै प्रहरीले पक्राउ गरेका ती र फरार समेतलाई ज्यान मार्ने उद्योगमा मुद्दा चmलाएकोमा शुक्रबार रोहनको ज्यान गएपछि पीडित पक्षले कर्तव्य ज्यान सम्वन्धी पूरक जाहेरी ल्याए अनुसार व्यक्ति हत्या कसूरमा अनुसन्धान सुरु भएको बताइएको छ ।


यसैबीच गए राति दैलेखको भैरबी गाउँपालिका-४ सिलङ्गी गाउँमा हुलहुज्जत गरेको भनी नियन्त्रण लिई कुटपिट गरिएको घटनाका घाइते सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको उपचारको क्रममा शुक्रबार कणर्ाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यू भएको घटनालाई लिएर पीडित पक्षले सुर्खेत-दैलेख सडकको कपासेमा यातायात अवरोध गरेको बताइएको छ ।

दैलेखमा दशैंको समयमा दर्जन बढी साँघातिक आक्रमणका घटनाहरु भएका ती मध्ये शुक्रबार एकै दिन दुई जनाको मृत्यू भएको छ । यी दुवै युवकहरु ४-५ महिना अघि मात्र विवाह गरेका जानकारीमा आएको छ । रोहनका एक दाजु र एक बहिनी मात्र बाँचेका छन ।

सुर्खेतका किशोर बुढा क्षेत्री पहिलो पटक ससुराली आएका एक्लो छोरा हुन्, उनका दुई दिदीहरु छन् । क्षेत्रीको हत्यामा संलग्न रहेको भनिएका भैरबी गाउँपालिका-४ सिलङ्गीका १९ वर्षीय झविन्द्र शाही र ३२ वर्षीया मनिषा रिजाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी निरीक्षक आचार्यले बताए ।