नौमूलेका विकट वस्तीमा पहलद्धारा खानेपानी

मातृभूमी संवादाता । १७ चैत्र दैलेख
दुषित पानी पिउनु रहर थिएन तर वाध्यता थियो । यस्तै वाध्यतामा थिए नौमूले गाउँपालिका ३ कोप्रेखोला वस्तीका समुदाय । लामो समयदेखि खोला र कुवाको पानीमा निर्भर नौमूले गाउँपालिका ३ द्धारी कोप्रेखोलका स्थानीयहरुले अव खोलाको पानी पीउनु पर्दैन । त्यस ठाउँका समुदायको लागि टोल टोलमा खानेपानी धारा निर्माण भएसंगै उनिहरु खोलाको पानीको प्रयोगवाट मुक्त भएका हुन् ।
नौमूले गाउँपालिका ३ द्धारी कोप्रेखोलका १७ घरधुरीका टोलटोलमा नयाँ धारा बनाइएसँगै त्यस वस्तीका समुदाय खुसी छन् । सेवक दैलेखको समन्वय÷सहजिकरण तथा कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन पर्वद्धन (पहल) कार्यक्रम अन्तरगत कोप्रेखोला वहुउदेश्यि पानी प्रणाली योजना निर्माण सम्पन्न भएपछि उक्त टोलमा खानेपानी समस्या हटेको हो ।
खानेपानी निर्माण योजना सम्पन्न भएसंगै खोला तथा कुवाको दुषित खोनेपानी घण्टौं समय लगाएर खोलाको दूषित पानी लिएर खानुपर्ने बाध्यता हटेको कोप्रेखोला वहुउदेश्यि पानी प्रणाली योजना समितिका अध्यक्ष खड्कबहादुर घर्तीले वताए । ‘अहिले घरघरमै सफा पानी आएको छ’ अध्यक्ष घर्तीले भने, ‘समय र स्वास्थ्यको पनि बचत भएको छ र टोल टोलमा खोनेपानीको सुविधा पनि भएको छ, अव खोलाको पानी पिउने दिन गए ।’
खानेपानी तथा सिचाई घरघरमै आएपछि टोलको सरसफाइदेखि हरेक कुरामा विकास भएको स्थानीय धनबहादुर गरंजाले वताए । साथै उनले टोल टोलमा आवश्यकता अनुसार सिचाइको सुविधा पुगेपछि स्थानीय कुषकहरु पनि तरकारी खेती गर्न उन्मुख भएको वताए ।
उक्त कोप्रेखोला वहुउदेश्यि पानी प्रणाली योजना तथा सिचाइ योजना निर्माणका लागि पहल कार्यक्रम अन्तरगत ४ लाख ७४ हजार ३ सय ७२ रुपैया र समुदाय श्रमदान ३ लाख ६२ हजार २ सय ८२ गरी कुल लागत ८ लाख ३६ हजार ६ सय ५४ रुपैया रहेको पहल कार्यक्रमका शुशासन अधिकृत यूवराज शाहीले वताए । समुदायको माग तथा आवश्यकताका आधारमा त्यस वस्तीमा परियोजना संचालन गरिएको अधिकृत शाहीले वताए । शुशासन अधिकृत शाहीका अनुसार १७ घरधुरीमा सवैलाई पाएक पर्ने स्थानमा ७ वटा धारा र ३ वटा सिचाई धारा निर्माण गरिएको छ ।
खानेपानी तथा सिचाई योजना अनुगमनका क्रममा जिल्ला समन्वय दैलेखका सदस्य वालकृष्ण केसीले विकास निर्माण तथा टोलका योजनाहरुको समुदायले संरक्षण गरी दिगोपन वनाउन सुझाव दिएका थिए । परियोजनाले योजनाहरु वनाइदिने काम भएको र त्यसको संरणको जिम्मा समुदाय तथा उपभोक्ताको भएको हुँदा आफ्नो सम्पत्तीको संरक्षण आफैले गर्नुपर्ने दायित्व रहेको सदस्य केशीले धारणा थियो ।
नौमूले गाउँपालिका ३ द्धारीका वडा अध्यक्ष गगनबहादुर रोकाले द्धारीको दुर्गम कुना कन्दरामा परियोजनाले शफलतापूर्वक काम गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामि दिनमा पनि आफ्ना गतिविधिहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए । परियोजनाले र्दुगम वस्तीका समुदायको आयर्आजन तथा खानेपानीको पहुँच पु¥याएको अध्यक्ष रोकाले विश्वास व्यक्त गरे । ‘परियोजनाले कुना कन्दराका वस्तीमा तालिम गोष्ठी जस्ता क्रियाकलापले समुदायमा परिर्वतन ल्याएको छ’ अध्यक्ष रोकाले भने, ‘आगामि दिनमा पनि अझ टोल तथा वस्तीका समुदायको आय आर्जन तथा क्षमता अभिवृद्धिका लागि संस्था तथा परियोजनाको आवश्यक छ ।’ नेकपाका कर्णाली प्रदेश सदस्य मयाराम अधिकारीले राज्यको ध्या नपुगेको दुरदराज वस्तीमा समुदायको आयआर्जन तथा खोनेपानीमा पहल कार्यक्रमले पहुँच पु¥याएको उल्लेखनिय काम भएको भन्दै यसको संरक्षण तथा दिगोपनमा स्थानीय उपभोक्ताले ध्यान दिनुपर्ने बताए । उपभोक्ताले योजनालाई अपनत्व सम्झी दिगो राख्न पत्रकार भुपेन्द्र शाहीले सुझाव दिएका थिए ।
पहल कार्यक्रमले दैलेखका नौमूले गाउँपालिकाको द्धारी र कालिका, चामुण्डाविन्द्रसैनी नगरपालिकाको लयाटीविन्द्रासैनी, आठवीसको तिलेपाटा र भगवतीमाई गाउँपालिकाको जगनाथ मेहेलतोलीमा कृषि, वन, करेसावारी, वहुउदेश्यि पानी प्रणाली योजना, शुसाशन, खानेपानी सरसफाई खानेपानी तथा सिचाई योजना लगाएतका काम गर्दै आएको छ । यो कार्यक्रम दैलेखमा मार्च २०१६ देखि हालसम्म सञ्चालनमा छ । सयूक्त अनुगमनमा जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, गैसस प्रतिनिधि, गाउँपालिका वन कार्यालयका प्रतिनिधि, पत्रकार, संस्थाका कर्मचारी लगाएतका टोलीले अनुगमन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *