डुङ्गेश्वरमा प्रथम वडाध्यक्ष कप भलिवल प्रतियोगिता हुँदै

मातृभूमी संवाददाता । २३ असोज दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नं. २ मा प्रथम वडाध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता हुने भएको छ । विजया दशमी तथा दिपावलीको अवसरमा डुङ्गेश्वर गाउँपालिका २ को आर्थिक सहयोगमा प्रथम वडाध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता हुन लागेको हो ।
यहि अजोस ३० गतेदेखी संचालन हुने भलिवल प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समुहले क्रमशः १ लाख, ५० हजार र ३० हजार रुपैयाँ प्राप्त गर्ने डुङ्गेश्वर गाउँपालिका वडा नं. २ वडाध्याक्ष यम बहादुर विष्टले जानकारी दिए ।
प्रतियोगितामा सहभागी हुने समुहले यहि असोज २९ गते बेलुका ६ वजेसम्म आ–आफ्नो समुह दर्ता गराई सक्नु पर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क भने ५ हजार तोकिएको छ भने पुरस्कार राशि वितरण गर्दा २५ प्रतिशत कर कट्टा गरिने जनाईएको छ ।
खेल जनकल्याण माध्यामिक विद्यालय सेर्माकोटको प्राङ्गणमा हुने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *