नागरिकको खवरदारीले राज्यका निकाय सही चल्छन् : सांसद वुढा

मातृभूमी संवाददाता । १९ मंसिर दैलेख
दैलेख क्षेत्र नं. २ का प्रतिनिधिसभाका साँसद राजबहादुर बुढाले नागरिकहरुको खवरदारीले राज्यका सबै निकाय सही रुपमा चल्न सक्ने बताएका छन् । कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले विहिवार दैलेख सदरमुकाममा गरेको सुशासन र भ्रष्टाचार नियन्त्रण सम्वन्धी अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘नागरिक समाज सचेत नागरिक समाज, जिम्मेवार प्रतिक्ष र जवाफदेही सरकार भए शासन व्यवस्था ठीकसंग चल्छ ।’
सुशासन प्रवद्र्धनमा नागरिक पनि सचेत र इमान्दार भए जनप्रतिनिधि र कर्मचारी तन्त्र सुशासन र भ्रष्टाचार मुक्त बनाउन सकिने साँसद बुढाले बताए । उनले संघीय शासन प्रणाली खर्चिलो र नयाँ अभ्यास भएकोले जनतालाई घरदैलोमा सेवा पु¥याउन सबैले इमान्दार पहल गर्न सुझाव दिए ।
कार्यक्रममा दैलेख क्षेत्र नं. १ का प्रतिनिधिसभा रबिन्द्रराज शर्माले पहिले भन्दा सुशासन पद्धति सुधार हुदै आएका बताए । प्रतिनिधिसभाका साँसद एवं संघीय संसदमा सार्वजनिक लेखा समितिका सदस्य पार्वती बिशुन्केले भ्रष्टाचार नियन्त्रणका लागि ऐन, सार्वनिक खरिद ऐन लगायतका कानूनको पूर्ण पालना गर्न सरकारका संयन्त्रहरु अझैं जिम्मेवार नबनेको टिप्पणी गरिन् । उनले भनिन्, ‘कानून प्रयाप्त छन्, कार्यान्वयनको कमी छ ।’
कर्णाली प्रदेशसभामा नेपाली काँग्रेस संदीय दलका सचेतक हिमबहादुर शाही, प्रदेशसभाका आर्थिक समितिका अध्यक्ष अम्मरबहादुर थापा, प्रदेशसभा सदस्यहरु धर्मराज रेग्मी, मीनासिंह रखाल र दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले पनि आफ्नो भनाई राखेका थिए ।
कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा खुला छलफलको क्रममा सुशासन प्रवद्र्धनका निम्ति योजना छनौट प्रक्रिया, वितरण प्रणाली, पारदर्शिताको निम्ति गर्नुपर्ने काम बारे पत्रकार र नागरिक समाजका अगुवाहरुले सुझाव दिएका थिए ।
प्रदेशसभाका सदस्यहरु झोवा बिक, बद्मीक्वारी बोहोरा, गोपाल शर्मा, करबीर शाही सहभागी सार्वजनिक लेखा समितिको टोलीले कर्णाली सरकारबाट भए गरेका विकास गतिविधिको प्रभावकारिता बारे स्थलगत अनुगमन गर्ने र अनियमितताको जाँचबुझ गर्न २ दिन दैलेखमा रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *