खेलकुदका माध्यमबाट समाजमा सकारात्मक सन्देश जान्छ : मन्त्री वि.सी.

मातृभूमी संवाददाता । २१ मंसिर दैलेख
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्ण कुमार बि.सीले खेलकुदका माध्यमबाट समाजमा सकारात्मक सन्देश जाने वताएका छन् । दैलेखको भगवतीमाई गाउँपालिकामा विहीवारदेखी सुरु भएको गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री वि.सीले यस्तो वताएका हुन् ।
उद्घाटन कार्यक्रममा वोल्दै मन्त्री वि.सीले दैलेखको पहिचान र इतिहास राख्न दैलेख खेलकुदको महत्वपूर्ण भुमिका हुने वताए । उनले खेलकुदले विद्यार्थीलाई अनुशासित बनाउने भयकाले खेलकुदको क्षेत्रमा सबैले सक्दो सहयोग गर्नुपर्ने वताए ।
यस्तै एक फरक प्रसंगमा मन्त्री वि.सीले भगवतीमाई गाउँपालिकाका बिकासका समस्यालाई आफुले विषेश रुपमा हेरिरहेको भन्दै आफुले महत्वका साथ सम्बोधन गर्ने पनि वताए । उनले दैलेख जिल्लाका कुनै पनि पालिकालाई काखा र पाखा नगरेर समग्र जिल्लाको विकासका लागि आफु सँधै दत्तचित्त भएर लागिरहेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *