अपाङ्गता भएकालाई व्ल्यांकेट वितरण

मातृभूमी संवादाता । १४ माघ दैलेख
जिल्लाकाे नारायण नगरपालिका वडा नं. १ मा पूर्ण र अति असक्त अपांगता भएका व्यक्तिहरुलाई एक एक थान व्ल्यांकेट वितरण गरिएको छ । सोमवार नारायण नगरपालिका वडा नं. १ मा वसोवास गर्ने ९ जना अति असक्त र ६ जना पूर्ण असक्त गरि जम्मा १५ जना अपांगता भएका व्यक्तिहरुलाई १५ थान व्ल्यांकेट वितरण गरिएको हो । नारायण नगरपालिका वडा नंं. १ को आर्थिक सहयोगमा अपांगता नगर संजाल दैलेखले चीसो मौसममा व्ल्यांकेट वितरण गरेको हो । नगरपालिका कार्यालयको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि व्ल्यांकेट वितरण गरिएको नारायण नगरपालिका वडा नं. १ का अध्यक्ष तिर्थ नारायण श्रेष्ठ (ध्रुव) ले जानकारी दिए । वितरण कार्यक्रममा वडाअध्यक्ष श्रेष्ठले आगामाी आर्थिक वर्षमा समग्र अपांगता लाई न्याय हुने गरि न्यायोचित वजेट विनियोजनमा पहल गर्ने प्रतिवद्धता जाहेर गरे ।
यस्तै जिल्ला समन्वय समितिका दैलेखका सदस्य वालकृष्ण केसी, कार्यपालिका सदस्य रत्ना थापा लगाएतले अपांगताका क्षेत्रमा न्यून वजेट छुट्टिएकोले आगामी आवमा अपांगता क्षेत्रलाई प्राथमिकता दिएर योजना ल्याउन पहल गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा पञ्चकोशी अपांग विकास मञ्च, दैलेखका अध्यक्ष रत्न शाहीले अपांगता भएका व्यक्तिहरुको आफ्नै घर परिवार र समुदायमा सम्मान पुर्वक जिवन यापन गर्न पाउने अधिकार लाई शुनिश्चत गर्न सबै स्थानीय सरकारहरुले तुरुन्त निति र कार्यवीधि वनाएर कार्यान्वयन गर्नुपर्नेे सुझाव दिएका थिए । अरुको सहारा पाएर पनि आफ्ना क्रियाकलाप गर्न कठिन हुने अवस्थाका व्यक्तिहरुलाई पूर्ण र अरुको साहारा पाएर मात्र आफ्ना क्रियाकलाप गर्न सक्ने अवस्थाका व्यक्तिलाई अतिअसक्त अपांगता मानिन्छ ।
कार्यक्रमको संचालन वडा सचिव गोपाल श्रेष्ठले गरेका थिए भने स्वागत वडा सदस्य रमेश केसीले गरेका थिए । कार्यक्रम अपांगता नगर संजालका अध्यक्ष जीतबहादुर जीसीको अध्यक्षतामा सम्पन्न भएको थियो । नारायण नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई सम्मान स्वरुप व्ल्यांकेट वितरण गर्नु राम्रो कार्य भएको स्थानीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *