दैलेखको फूलवारीले ११ जना वालवालिकालाई निःशुल्क पढाउने

मातृभूमी संवाददाता । ०५ वैशाख दैलेख
दैलेख सदरमुकाममा रहेको फूलवारी विद्या मन्दिरले नारायण नगरपालिकाका ११ जना वालवालिकालाई निःशुल्क पढाउने भएको छ । फूलवारीले शैक्षिक शत्र २०८१ मा आफ्नो सामाजिक उत्तरदायि अन्तरगत नारायण नगरपालिकाका ११ वटै वडावाट १/१ जना वालवालिका गरी ११ जना वालवालिकालाई निःशुल्क पढाउने प्रिन्सिपल सुवास कुमार थापाले जानकारी दिए ।
नगरपालिकाका ११ वडामा रहेका अति विपन्न परिवारका बालबालिकालाई पूणर् छात्रवृत्तिमा पढाउन लागेको प्रिन्सिपल थापाले वताए । पुणर् छात्रवृत्ति अन्तरगत पोसाक, पुस्तक, मासिक शुल्क र यातायात शुल्क लगाएत सबै निःशुल्क गरी शिक्षा प्रदान गर्न प्रत्येक वडाबाट १/१ जना विद्यार्थी छनौट गरिने प्रिन्सिपल थापाले जानकारी दिए ।
उनले निःशुल्क अध्ययन गर्न चाहाने वालवालिकाले यहि वैशाख ६ गतेदेखि वैशाख १२ गतेसम्म आवेदन दिन सकिने समेत वताए । वुवाआमा दुबै नभएका र असाधारण क्षमता भएका वालवालिकालाई बिशेष प्राथमिकता दिइने प्रिन्सिपल थापाले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *