दैलेखको पेट्रोलियम पदार्थको चिनियाँ टोलिद्धारा अन्वेषण शुरु

मातृभूमी संवादाता । १६ असार दैलेख
दैलेखको श्रीस्थान, नाविस्थान, पादुका लगायतका स्थानमा पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगायको चिनियाँ सरकारी जियोलोजिकल सर्भे टोलिले दोश्रो चरणको अन्वेषण कार्यको थालनी गरेको छ । उद्योग तथा वाणिज्य मन्त्रि मातिृका यादव, कर्णाली प्रदेशका मुख्य मन्त्रि महेन्द्र बहादुर शाही, पूर्व उद्योग तथा वाणिज्य मन्त्रि सोमप्रसाद पाण्डे, दैलेखका दूईवटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्मा र राजबहादुर बुढा, प्रदेशसभा सदस्यहरु लगायतका सरकारी प्रतिनिधिहरुको टोलि र चिनियाँ अन्वेषण टोलिले दैलेखका श्रीस्थान, नाभिस्थान, पादुकामा अवलोकन् गरेका छन् ।
सन् २०१६ मा केपी शर्मा ओली प्रधानमन्त्रि भएका वेला पहिलो पटक, तत्कालिन उद्योग तथा वाणिज्य मन्त्रि सोमप्रसाद पाण्डेले दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन् अनुसन्धानका लागी दैलेख आउनु भएको थियो । पहिलो पटक दैलेखका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ नै छ भनेर पत्ता लगाएको चिनियाँ सरकारी टोलीले अव दश महिनाको अन्वेषण अवधिमा कति छ भन्ने पत्ता लगाउने उद्योग तथा वाणिज्य मन्त्रि मात्रिका यादवले विश्वास व्यक्त गरे ।
दैलेखको धार्मिक पूरातात्विक तथा पर्यटकिय स्थल पञ्चकोशी क्षेत्रमै पेट्रोल खानि भएपछि खानि उत्खनन् गर्दा उक्त स्थलहरु शूरक्षित राखि कार्य गरिने जनाईएको छ । नेपाल सरकार र चिन सरकारवीच नेपालका विभिन्न स्थानमा रहेका पेट्रोलियम पदार्थको खानि अन्वेशण तथा उत्खनन् गर्ने सम्झौता भएपछि चिन सरकारको सहयोगमा चिनियाँ जियोलोजिकल सर्वेको प्रविधिक टोलिले दोस्रो चरणको काम थालेको हो ।
श्रीस्थान र पादुका पुगेर मन्त्रि सहितको टोलि नाभिस्थानमा पुगी औपचारिक समारोह गरि अन्वेषण कार्यको थालनी भएको जानकारी दिईएको छ । खानी उद्घाटन समारोहमा वोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाही, कर्णाली प्रदेशका योजना आयोगका उपाध्यक्ष पूण्यप्रसाद रेग्मी दैलेखका दूईवटै निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य रविन्द्रराज शर्मा र राजबहादुर बुढा लगायत प्रदेशसभा सदस्यहरुले समेत दैलेखको पेट्रोल चिनियाँ सरकारले छिटो भन्दा छिटो अन्वेषण गरि अवको दश महिना पछि उत्खनन् योग्य छ भन्ने प्रगति प्रतिवेदन आउनेमा विश्वास व्यक्त गरे । कर्णाली प्रदेश सरकार र दैलेखका स्थानिय सरकारले सो कार्यका लागि भरपूर सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *