आईएमइ लाईफको अभिकर्ता अभिमुखिकरण सम्पन्न

मातृभूमी संवाददाता । २५ माघ दैलेख
आईएमइ लाईफ ईन्स्योरेन्सको दैलेख शाखाको अभिकर्ता अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । क्षेत्रीय मार्केटिङ्ग म्यानेजर दिपेन्द्र डिसिको विशेष प्रशिक्षणमा आईएमइ लाईफ ईन्स्योरेन्स दैलेख शाखाले शनिबार दैलेख सदरमुकाममा उक्त अभिकर्ता अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
अभिमुखिकरण कार्यक्रममा ५० जनाको बढी अभिकर्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा क्षेत्रीय मार्केटिङ्ग म्यानेजर डिसिले संस्थाले दिने बीमा शुल्क छुटको सुविधा, पूर्ण अशक्त सुविधा, दुर्घटना मृत्यु भएमा दिईने सुविधा, घातक रोग सुविधा, दुर्घटनाका कारणबाट अस्पताल भर्नामा नगद सुविधा, बीमा योजना, मृत्यु लाभ, कर्जा सुविधा लगायत अतिरिक्त विषयमा अभिकर्तालाई जानकारी दिएका थिए ।
नेपालमा जिवन विमा गर्ने विभिन्न १९ वटा कम्पनी भएपनि आईएमइ लाईफमा नै विमा गर्नुपर्ने कारण, यस विमा कम्पनिको स्थापना लगाएतका विषयमा जानकारी दिईएको कार्यक्रममा आईएमइ लाईफ दैलेख शाखाका शाखा प्रमुख एलिना श्रेष्ठले सहजीकरण गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *