दैलेखमा भीषण आगलागी, लाखौँको क्षति

मातृभूमी संवाददाता । २५ वैशाख दैलेखः

दैलेख सदरमुकामा त्रिभवन माध्यमिक विधालय नजिकै आगलगी हुँदा २ वटा पसलमा क्षति भएको छ । नारायण नगरपालिका १ स्थित साजन अटो पार्ट्समा र सम्झना इन्टर प्राईजेजमा आगलागी भएको हो ।

आगलागीबाट दुई वटा पसलको गरी लाखौँको क्षति भएको दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले बताए । उनले आगो अहिले नियन्त्रणमा आएको बताए । आगो कसरी लाग्यो भन्ने विषय अहिलेसम्म जानकारी हुन सकेको छैन ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीहरुको सहयोगमा रहेको  थियाे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *