दुल्लुमा ट्याक्टर दुर्घटना एक जना गम्भीर
मातृभूमी संवादाता । १२ फागुन दैलेख
दुल्लु नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । दुल्लु नगरपालिका ९ भजनिया पोखरी नजिक सोमबार साझ ६ बजेतिर दुर्घटना हुँदा २ जना घाइते भएका हुन् । घाइते हुनेहरु चालक भिमसेन पुरि र सहचालक सुरेस पुरि रहेका छन् ।
घाइते मध्ये सहचालक सुरेस पुरि गम्भीर भएको जिल्ला ट्राफिक कार्यालय दैलेखले जनाएको छ । ना ७ त ८१६९ नम्बरको ट्याक्टर ब्रेक फेल भइ दुर्घटनामा परेको हो ।