विश्वका १० प्रतिशत मानिसलाई कोरोना संक्रमण हुनसक्ने डब्लुएचओकाे अनुमान

विश्वका १० प्रतिशत मानिसलाई कोरोना भाइरसको संक्रमण हुनसक्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ । स्विट्जरल्याण्डको जेनेभामा आयोजित संगठनको शिर्ष नेताहरुको विशेष बैठकमा कोरोनाबारे यस्तो डरलाग्दो तथ्यांक अनुमान गरिएको हो । संसारका हरेक १० मध्ये १ जना भाइरसको सम्पर्कमा आएको हनुसक्ने डब्लुएचओको अनुमान छ ।

यो अनुमान सही प्रमाणित भएमा संसारका अधिकांश नागरिक चरम स्वास्थ्य संकटसँग जुध्नुपर्नेछ । हाल विश्वभर पुष्टी भएका कोरोना संक्रमितको संख्या ३५ मिलियन अर्थात ३ करोड ५० लाखको सेरोफेरोमा छ । नयाँ अनुमान अनुसार यो संख्या ८ सय मिलियन अर्थात ८० करोड हुनसक्छ । संक्रमण सुरु भएको १० महिना बितिसक्दा अन्त्यको कुनै लक्षण देखिएको छ । विश्वका कतियपय देशहरु अहिले कोरोना संक्रमणको दोस्रो लहरसँग जुधिरहेका छन् । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *