दैलेखका होटल व्यवसाय वन्द गर्न प्रसाशनको निर्देशन

मातृभूमी संवाददाता । ३० असोज दैलेख
दैलेख सदरमुकामका होटल व्यवसाय वन्द गर्ने निर्णय गरिएको छ । शुक्रवार दैलेख सदरमुकाममा वसेको (DCCMC)  को वैठकले कोरोना भाइरस (COVID-19) को कारण दैलेख बजार क्षेत्रका फेन्सी व्यवसायी र होटल व्यवसायीहरू ठूलो संख्यामा संक्रमित भएकाले सदरमुकाममा संचालित होटल, चियानास्ता पसल र रेष्टुरेष्टहरु तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो ।
(COVID-19) संकट व्यवस्थापन संचालन केन्द्र, जिल्लागत संरचना (DCCMC) ले संक्रमण पुष्टी भएका सबैखाले व्यवसाय गर्ने व्यवसायी र निजको परिवारका सदस्यहरु प्रत्यक्ष संलग्न भई सञ्चालनमा रहेका पसल, व्यवसाय र सेवाहरु पूर्णरुपमा बन्द गर्ने निर्णय भएको एक सार्वजनिक सूचना मार्फत जनाईएको छ ।
कोरोना भाइरसका संक्रमणको जोखीम न्यूनिकरणका लागि फेन्सी व्यवसाय गर्ने व्यवसायीहरुले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारका स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धी मापदण्ड बमोजिम मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने तथा पसल बाहिर साबुनपानीले हात धुन समेत अनिवार्य रुपमा व्यवस्था मिलाउन निर्दशन दिएको छ ।
(COVID-19) ले सोको प्रभावकारी अनुगमन गरी मापदण्ड पालना नगर्ने व्यवसायलाई कारवाहीको दायरामा ल्याउने पनि सूचनामा उल्लेख गरिएको छ । निर्णय विपरीतका कार्यहरु गरेको पाइएमा संक्रामक रोग ऐन, २०२० र स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारवाही हुने सुचनामा उल्लेख गरिएको छ ।
यस्तै नजिकिँदै गरेको वडा दशैमा घटस्थापनादेखी दशमीसम्म जिल्लाका विभिन्न शक्तिपिठ तथा मन्दिरहरुमा सर्वसाधारणको भिड अत्याधिक हुने भएकोले, कोरोना संक्रमणको फैलिदो जोखीमलाई मध्यनजर गर्दै जिल्लाका सम्पूर्ण स्थानीय तहहरुका सबै वडाहरुमा रहेका शक्तिपिठ तथा मन्दिरहरुमा पूजारीले गर्ने नित्य पूजा बाहेक बलिरबध तथा भीडभाड गरि दर्शन आदिका लगि प्रवेश गर्न नमिल्ने गरी निषेधित क्षेत्र कायम गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *