कोरोना महामारीकाबीच प्रशासनद्धारा बजार अनुगमन

मातृभूमि संवाददाता । १८ वैशाख दैलेख कोरोना संक्रमण रोकथाम तथा बजार भाउ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बजार अनुगमन गरिएको छ । बजारमा खाद्यन्न अभाव हुन नदिन र किनमेलको नाममा बजारमा हुने भीडभाड रोकथाम अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।
संकट बेला अनियन्त्रित रुपमा मूल्य बढाउन, कृतिम अभाव सिर्जना गर्ने, राजस्व छल्ने लगाएका गलत क्रियाकलाप हुन सक्ने भएको कारण अनुचित क्रियाकलाप रोक्न यस्तो बेला अझ बढी आवश्यक भएकोले बजार अनुगमन गरिएको घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ठ उद्योग अधिकृत पर्शुराम आचार्यको भनाई छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाको नेतृत्वमा दैलेख उद्योग बाणिज्य संघका महासचिव राजेश हमाल, बरिष्ठ उद्योग अधिकृत पर्शुराम आचार्य, प्रहरी नायव निरीक्षक पिङ्कल बिक, स्वास्थ्य सेवा कार्यालयका छैटौं अधिकृत नन्दलाल जैसी, पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख भीम बिष्ट, पत्रकार अमर सुनार सहितको टोलीले अनुगमन गरेको हो ।
विहीवार र शुक्रवार गरिएको अनुगमनको क्रममा दैलेख सदरमुकामका होटल, रेष्टुरेण्टमा सेवाग्राहीको आउजाउ तथा सुरक्षित व्यवस्थापन, खाद्यन्न तथा तरकारी पसल, मेडिकल र एग्रोभेटहरुमा स्टकको अवस्था र वितरण प्रणाली बारे चासो दिएको थियो ।
बजार अनुगमनको क्रममा अत्यावश्यकीय सेवा र अरु व्यापार–व्यवसायको दर्ता तथा नवीकरण, कर चुक्ता भए नभएको समेत जाँचबुझ गरेको थियो । अनुगमनका क्रममा फेला परेका म्याद नाघेका र अखाद्य बस्तु जफत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *