समाजवादी प्रेस संगठन दैलेखको अध्यक्षमा सिजापति चयन

मातृभूमी संवाददाता । ०४ फागुन दैलेख
समाजवादी प्रेस संगठन नेपाल दैलेखको अध्यक्षमा भिमवहादुर सिजापति चयन भएका छन् । वुधबार भएको संगठनको पहिलो जिल्ला भेलाले हाम्रो तेस्रोआँखा दैनिकका कार्यकारी सम्पादक सिजापतिलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा कृष्ण दैलेखी र कमला वि.क.लाई चयन गरिएको छ । यसैगरी सचिवमा पृथ वयलकोटी, कोषाध्यक्षमा सुरेन्द्र शाही, सहसचिवमा दान खत्री र टोपेन्द्र सुनार सर्वसम्म चयन भएका छन् ।
यस्तै, कमिटिको सदस्यहरुमा भैरव हमाल, पवन मल्ल, हिक्मत थापा र संकल्प केसी चयन भएका छन् । विधान वमोजिमका अन्य जिल्ला कमिटि सदस्यहरु प्रथम वैठकवाट मनोनित गरिने अध्यक्ष सिजापतिले वताएका छन् । अध्यक्ष सिजापतिका अनुसार समाजवादी प्रेस संगठन दैलेखको ईन्चार्जमा भरतराज अधिकारीलाई सर्वसम्मत चयन गरिएको छ ।
नेकपा (एकिकृत समाजवादी) दैलेखका अध्यक्ष वरुनाथ योगीको प्रमुख आतिथ्यतामा भएको भेलामा समाजवादी प्रेस संगठन कर्णाली प्रदेश कमिटिका अध्यक्ष यज्ञराज थापा र केन्द्रिय सदस्य अमर सुनार लगाएतको उपस्थिति रहेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *