सल्यानको सल्लाममा ठूलो पहिरो : चार घर पुरिए

मातृभूमी संवाददाता । २१ असाेज काठमाण्डाै

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर–५ सल्लाममा ठूलो पहिरो गएको छ । पहिरोले चार घर पुरिएका त्यहाँका पत्रकार सञ्तोष घर्तीले जानकारी दिए । उनका अनुसार देबकली बुढासहित चार परिवारको घर पहिरोले पुरेको हो । इलाका प्रहरी कार्यालय कपुरकोटबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।

जिल्लाका प्रहरी प्रमुख नायव प्रहरी उपरीक्षक दामोदर केसीले कपुरकोटमा पहिरोले घर पुरेको खबर आए लगतै घटनास्थलमा कपुरकोटबाट प्रहरी टोली खटाइएको जानकारी दिए । पहिरो झर्ने जोखिमका कारण त्यहाँका बासिन्दाले बिहानै घर छोडेर सुरक्षित ठाउँमा गएका छन् ।

दाङ, प्यूठान र नवलपरासीमा ठूलो वर्षा : दिउँसोसम्म सर्तकता अपनाउन आग्रह

पश्चिम राप्ती जलाधारको दाङको लालमटीया, भालुबाङ, लमही, रातामाटा, प्यूठानको स्वर्गद्वारी, हंसपुर र आसपासमा ठूलो पानी परेको छ । राप्तीका साना नदी, दाङ र प्यूठानको खहरे खोलामा एक्कासी बाढी आउन सक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै नवलपरासीको बर्दघाट, डण्डा बजारसहित धेरै ठाउँमा भारी वर्षा मापन भएको छ । ती क्षेत्रमा थप पानी पर्न सक्ने सम्भावना छ । अरूण खोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकाले दिउँसोसम्म सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *