दैलेख निर्वाचन क्षेत्र नं. १ (ख) मा सत्तारुढ गठवन्धन दल ६ हजार मतले अगाडी

टाेपेन्द्र कुमार थापा । २३ असोज दैलेख
आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनमा कसले वाजी मार्ला भनेर चिया, चौतारोमा चर्चा हुन थालेको छ । दैलेख निर्वाचन क्षेत्र नं. १ (ख) मा सत्तारुढ गठवन्धनमा नेपाली कांग्रेसवाट निवर्तमान पार्टी सभापति कृष्ण कुमार वि.सी. र नेकपा एमालेवाट निवर्तमान जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम वहादुर थापाले टिकट पाएपछि अहिले चोक, चिया, चौतारोमा चर्चा हुन थालेको हो । आगामी निर्वाचनमा वि.सी. र थापावीच नै मुख्य प्रतिष्पर्धा हुने लगभग निश्चित जस्तै भैसकेको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठवन्धन दल र नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मतभारलाई आधार मान्दा दैलेख निर्वाचन क्षेत्र नं. १ (ख) मा सत्तारुढ गठवन्धन दल वलियो छ । दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र (ख) मा नारायण नगरपालिका, नौमुले र महावु गाउँपालिका पर्दछ ।
यस क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतभारलाई हेर्दा नेकपा एमाले भन्दा सत्तारुढ गठवन्धन दलहरु ६ हजार २ सय ८१ मतले अगाडी छन् । यहाँको नारायण नगरपालिकामा सत्तारुढ गठवन्धन दलका वडाध्यक्षहरुले पाएको मतभार ५ हजार ९ सय १० हुन्छ भने एमालेका वडाध्यक्षहरुले पाएको मतभार ५ हजार ६४ हुन्छ । नारायणमा गठवन्धन ८ सय ४६ मतले अगाडी छ ।
यसैगरी नौमुले गाउँपालिकामा गठवन्धन दलका वडाध्यक्षहरुले पाएको मतभार ५ हजार ४ सय ८१ हुन्छ भने नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मतभार २ हजार १९ हुन्छ । यहाँ गठवन्धन दल ३ हजार ४ सय ६२ मतले अगाडी छ । उता महावु गाउँपालिकामा सत्तारुढ गठवन्धन दलका वडाध्यक्षहरुले पाएको मतभार ४ हजार ७ सय ६३ हुन्छ भने नेकपा एमालेका वडाध्यक्षहरुले पाएको मतभार २ हजार ७ सय ९० हुन्छ । यहाँ सत्तारुढ गठवन्धन दल १ हजार ९ सय ७३ मतले अगाडी छ ।
दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र (ख) मा सत्तारुढ गठवन्धन दल नारायण नगरपालिकामा ८ सय ४६, नौमूले गाउँपालिकामा ३ हजार ४ सय ६२ र महावु गाउँपालिकामा १ हजार ९ सय ७३ मतले अगाडी छ । तीन स्थानीय तह रहेको दैलेख निर्वाचन क्षेत्र नं. १ प्रदेश निर्वाचन क्षेत्र (ख) मा सत्तारुढ गठवन्धन दल नेकपा एमाले भन्दा ६ हजार २ सय ८१ मतले अगाडी छ । तथापी स्थानीय तहको निर्वाचन पछि यस क्षेत्रमा केहि मतदाता थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *